स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित, सहमति पत्रमा हस्ताक्षर


काठमाडौं । सरकार र स्वास्थ्य क्षेत्रका पेशागत संघ–संस्थाबीच सहमति भएसँगै स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न स्वास्थ्य पेशागत संघ–संस्थाबीच शुक्रबार सम्पन्न बैठकबाट तीन बुँदे सहमति भएको हो।

सहमति अनुसार, स्वास्थ्य मन्त्रालयले २०८२ मंसिर २५ गतेदेखि लागू हुने गरी ‘स्वास्थ्यकर्मीहरुको पेशागत एवम् सेवा सुविधा सम्बन्धी कार्यविधि’ कार्यान्वयन गर्ने निर्णय गरेको छ। साथै, मन्त्रालयले २०८२ मंसिर २९ गतेभित्र स्वास्थ्य सेवा नियमावली संशोधनका लागि आवश्यक मस्यौदा तयारीका काम अघि बढाउने सहमति भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ