परराष्ट्रको ‘माछाबजार’मा थपिएका ‘ठूला माछा’
काठमाडौं। तत्कालीन परराष्ट्र आरजु राणा देउवाले हचुवाका भरमा परराष्ट्र सेवामा अनावश्यक रूपमा सहसचिवको दरबन्दी थपेपछि परराष्ट्र मन्त्रालय ‘माछाबजार’ बनेको थियो। आरजुको जोडबलमा एकैपटक परराष्ट्रमा ११ सहसचिवको दरबन्दी थप्दा परराष्ट्र मन्त्रालय ‘माछाबजार’ बनेको हो। ११ जनाको दरबन्दीमा एकैपटक १४ जनाको विज्ञापन गरेर विदेशबाट आएका ४ जना थपिँदा एकैपटक १८ जना सहसचिव परराष्ट्रको बरण्डामा भेला भए। परराष्ट्र मन्त्रालयमै कार्यरत सहसचिवको संख्या जोड्दा दुई दर्जन बढी सहसचिव भेला भएपछि परराष्ट्र मन्त्रालय सहसचिवको ‘माछाबजार’ बनेको थियो। बनेको थियो।
अहिले फेरि आरजु कै पालामै नियुक्त भएका १० राजदूत परराष्ट्रको ‘माछाबजार’मा थपिएका छन्। परराष्ट्रको ‘माछाबजार’मा रोजिना तम्राकार र बिक घाम तापेर सुकिरहेका छन्। त्यसमा १० जना राजदूत थपिएका छन्। परराष्ट्रमा १७ जना सहसचिव रहेको अवस्थामा १० जना राजदूत थपिँदा परराष्ट्रको ‘माछाबजार’ले पुरानै आकार लिएको छ।
सरकारले अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका कृष्णप्रसाद ओली, जापानका डा. दुर्गाबहादुर सुवेदी, इजरायलका धनप्रसाद पण्डित, स्पेनका सनिल नेपाल, जर्मनीका शैल रुपाखेती, कतारका रमेशचन्द्र पौडेल, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल र बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई फिर्ता बोलाउने निर्णय गरेको मन्त्रालयमा हाजिर गर्ने व्यवस्था मिलाएको छ। तिमध्ये घिमिरेले राजीनामा दिइसकेका छन्। अरू भने नैतिकता गुमाएर परराष्ट्रको ‘माछाबजार’मा थपिएका छन्। मुख्यसचिव भइसकेका लोकदर्शन रेग्मी समेत परराष्ट्रमा ठूलो माछा बनेर बस्न थालेका छन्।
कुनै बेला परराष्ट्रको ‘माछाबजार’मा कृष्णप्रसाद ढकाल, भृगु ढुंगाना, तापस अधिकारी, गेहेन्द्र राजभण्डारी, गणेशप्रसाद ढकाल, लक्ष्मण खनाल, सुरेश अधिकारी, विष्णुप्रसाद गौतम, ज्ञानबहादुर मगर, पुष्पराज भट्टराई, मणिरन्त शर्मा, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य, दुरपदा सापकोटा, दधिराम भण्डारी, हरिप्रसाद ओडारी, प्रकाश अधिकारी, डमरुबल्लभ पौडेल र पारस पण्डित, ईला मैनाली, रोशन खनाल, रोजिना ताम्राकार र दिपक विक रहेका थिए। अहिले परराष्ट्रको त्यो ‘माछाबजार’ राजदूतबाट फिर्ता भएका ठूला माछाले भरिएको छ। आरजु युगको परराष्ट्र मन्त्रालय ‘माछाबजार’बाट मुक्त हुन सकेको छैन। अहिले सरकारले पनि ‘माछाबजार’को ‘दुर्गन्ध’ व्यवस्थापन गर्न सकेको पाइँदैन।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस