प्रशासनिक बेथिति निम्त्याउँदै मुख्यसचिव अर्याल: दरबन्दीबिनै कमललाई अतिरिक्तमा तानेर बैकुण्ठलाई निमित्तको जिम्मेवारी
काठमाडौं। घर जान लागेका मुख्यसचिव एकनारायण अर्यालले प्रशासनिक बेथिति निम्त्याएका छन्। दरबन्दी नै नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमलप्रसाद पोखरेललाई तानेर सुदूरपश्चिम प्रदेशमा निमित्त प्रमुख सचिव बनाइएको छ।
शिक्षातिरका बैकुण्ठप्रसाद अर्याललाई निमित्त तोकेर मुख्यसचिव अर्यालले अर्याल थर भएकै बैकुण्ठलाई हतारमा निमित्त प्रमुख सचिव बनाएर पठाएका हुन्। शिक्षातिर कै पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हाटा’ गर्न ल्याएका हुन्।
एकनारायण अवकाशमा गएपछि बैकुण्ठ सचिवमा बढुवा हुने हुन् l उनले कृष्णप्रसाद काप्रीलाई झन्डै दुई महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘पेण्डुलम’ बनाएर लुम्बिनी पठाएका छन्। मुख्यसचिव एकनारायणले सुदूरपश्चिममा निमित्तलाई जिम्मेवारी तोकेर प्रशासनिक बेथिति निम्त्याएका छन्। पहिला मधुकुमार मरासिनी, टेकनारायण पाण्डेहरू मुद्दा लागेर निलम्बन हुँदा अर्को सचिव बढुवा भएर आउन नसक्ने अवस्था भएकाले निमित्त तोक्ने कुरा जायज थियो। तर, अहिले त्यस्तो अवस्था छैन। बरियता मिचेर मुख्यसचिव बनेका अर्यालले घर जाने बेलामा म्याउँ गरेरै छाडे।
बागमती प्रदेशमा प्रमुख सचिव भूपाल बराललाई राजस्व सचिव बनाएर ‘राइटम्यान राइट प्लेस’को सिद्धान्तलाई अबलम्बन गरिएको छ। आपूर्ति मन्त्रालयको दरबन्दीमा बढुवा भएका बाबुराम अधिकारी भने बागमती प्रदेशको प्रमुख सचिव बनेका छन्। उनी प्रदेशबाट वाणिज्य सचिवमा आउने कसरतमा लागेपनि बागमती प्रदेशतिर पुगेका छन्।
क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस