स्वास्थ्य बीमा प्रदायकलाई ४ अर्ब ७० करोड वितरण गर्दै बोर्ड
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई ४ अर्ब ७० करोड रुपैयाँ वितरण गर्ने भएको छ। बोर्डका अनुसार देशभर रहेका ३८५ संस्थामध्ये ३५५ संस्थालाई उक्त रकम वितरण गर्न लागिएको हो।
स्वास्थ्य मन्त्रालयले यसअघि अधिकांश सेवा प्रदायक संस्थाको बक्यौता भुक्तानी गर्नका लागि अर्थ मन्त्रालयसँग ७ अर्ब रुपैयाँ माग गरेको थियो। बीमा बोर्डसँग करिब ३ अर्ब रुपैयाँ मात्र बाँकी रहेकाले १० अर्ब रुपैयाँ वितरण गर्ने प्रारम्भिक योजना बनाइएको भए पनि अन्ततः करिब ५ अर्ब रुपैयाँ मात्रै वितरण गर्न लागिएको छ।
यो रकम बीमा सेवामा आबद्ध संस्थाहरुलाई २०८१ साल माघ १ गते देखि चैत मसान्तसम्मकाे अवधिको भुक्तानीस्वरूप वितरण गर्न लागिएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस