दाङमा गरेजस्तै मतदातालाई निःशुल्क अनलाइन फारम भर्ने व्यवस्था काठमाडौंमा मिलाउन सकिँदैन?


काठमाडौँ। दाङ जिल्लामा एउटा गज्जबको निर्णय भएको छ।

दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउका लागि प्रत्येक वडा कार्यालयबाट नि:शुल्क रुपमा अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ। सिडिओ, एसपी र प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङको कार्यालय प्रमुखसहितको बैठकले उक्त व्यवस्था मिलाउने निर्णय गरिएको हो। अनलाइन फारम भरेको प्रीन्टकपी लिएर बायोमेट्रिक दिन भने निर्वाचन आयोगको कार्यालय जानु पर्ने छ।

काठमाडौंमा पनि मतदाता नामावलीमा नाम दर्ता गराउका लागि प्रत्येक वडा कार्यालयबाट नि:शुल्क रुपमा अनलाइन फारम भर्ने व्यवस्था मिलाउने सकिन्थ्यो। स्थानीय तहले वडाबासीलाई निःशुल्क सेवा गर्न पाउने सुनौलो अवसर पनि थियो। पालिकाले १ महिनाका लागि आवश्यक कर्मचारी करारमा भर्ना गरेरै भएपनि निःशुल्क सेवा उपलब्ध गराउन सक्थ्यो। तर, काठमाडौंमा मतदातालाई यस्तो सेवा उपलब्ध गराइएन। दाङले काठमाडौंलाई सबक सिकाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ