नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ‘ब्याची’ आईजीपीहरू


काठमाडौं। दुई प्रहरी संगठनले एउटै ‘ब्याच’का आईजीपी पाएको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका (आईजी) राजु अर्याल ‘ब्याची’ हुन्। २०५४ सालमा एकैदिन प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएका दानबहादुर र राजु दुई प्रहरीको कमाण्ड सम्हाल्न पुगेका छन्।

२०५४ साल चैत १८ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा दानबहादुर कार्की, राजु अर्यालसहित २९ जना भर्ना भएका थिए। तिमध्ये कार्की र अर्यालले एकसाथ दुई प्रहरी संगठनको कमाण्ड सम्हाल्न पाएका छन्। उनीहरूसँगै इन्स्पेक्टर भएका मनोजकुमार केसी, राजन अधिकारी नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका छन्। ईश्वर कार्की एआईजीमा सिफारिस भएका छन्। नारायणदत्त पौडेल र बंशिराज दाहाल सशस्त्र प्रहरी बलको एआईजीको जिम्मेवारी छन्। राजुपछि नारायणदत्त र बंशिराज आईजी हुने प्रतिस्पर्धामा छन्। नेपाल प्रहरीमा भने दानबहादुरसँगै सबै बिदाइ हुनेछन्।

२०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टर भएका राजु अर्याल, नारायणदत्त पौडेल, बंशिराज दाहाल, शम्भु सुवेदी र लोकनाथ घिमिरे सशस्त्र प्रहरी बलमा स्थान्तरण भएका थिए। उनीहरू २०५८ साल सशस्त्र प्रहरी बलको नायब उपरीक्षक(डिएसपी) भएर गएका थिए।राजु आईजी नारायणदत्त र बंशिराज एआईजी र सम्भु डिआईजीको जिम्मेवारीमा छन्। लोकनाथ भने सेवामा छैनन्। उनी डिएसपीमै राजीनामा दिएर हिँडे।

नेपाल प्रहरीतिरै रहेका दानबहादुर आईजी हुँदा मनोजकुमार केसी, राजन अधिकारी र ईश्वर कार्की एआईजी रहेका छन्। त्यस्तै राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराल र दिपक रेग्मी डिआईजी हुन्।

राधिका खड्का, जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, सुरेशराज भट्टराई, राजेन्द्रकुमार सुनुवार, चन्द्रप्रकाश पोखरेल, रविराज खड्का, गोविन्दप्रसाद आचार्य, लोकेन्द्र श्रेष्ठ र किसन सिंह थापा अहिले प्रहरी सेवाबाट अलग भइसकेका छन्।

नेपाल प्रहरीको १११ ‘ब्याची’ दुई सुरक्षा निकायको कमाण्डमा पुग्दा दुई जनाले भने धर्ती छाडिसकेका छन्। राजीनामा दिएर हिँडेका १११ ‘ब्याची’ इन्स्पेक्टर हरिशचन्द्र ढकाल अहिले राजस्वका उपसचिव हुन्। उनी अहिले अर्थ मन्त्रालयमा कार्यरत छन्। उक्त ‘ब्याच’का बसन्तकुमार थापाको सेवामा हुँदै निधन भएको थियो।  दिपक खरेलको पनि द्वन्द्वकालमै निधन भइसकेको छ। सशस्त्र प्रहरीमा ४ र नेपाल प्रहरीमा ६० जना उक्त ‘ब्याच’का उच्च पदमा कार्यरत छन्। उनीहरूले नै दुबै सुरक्षा निकायलाई सञ्चालन गरिरहेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #अरुण पौडेल, #ईश्वर कार्की, #किसन सिंह थापा, #गोविन्द थपलिया, #गोविन्दप्रसाद आचार्य, #चन्द्रप्रकाश पोखरेल, #जीवनकुमार श्रेष्ठ, #दानबहादुर कार्की, #दिनेशकुमार आचार्य, #दिपक खरेल, #दिपक रेग्मी, #नारायणदत्त पौडेल, #बंशिराज दाहाल, #बसन्तकुमार थापा, #मनोजकुमार केसी, #रविराज खड्का, #राजन अधिकारी, #राजु अर्याल, #राजेन्द्रकुमार सुनुवार, #राजेन्द्रप्रसाद भट्ट, #राधिका खड्का, #रेवती ढकाल, #लोकनाथ घिमिरे, #लोकेन्द्र श्रेष्ठ, #शम्भु सुवेदी, #सुदर्शनप्रसाद कोइराल, #सुरेशराज भट्टराई, #हरिश्चन्द्र ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ