रविलाल र पार्वतीको मिलेमतोमा बेलका पठाइएका रिजाल त्रियुगा नतर्दै भ्रष्टाचारमा डामिए


काठमाडौं। चीनबाट फर्किएर सरूवा धन्दालाई निरन्तरता दिएका सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र सहसचिव पार्वती शर्मालाई रातो घरले चक्मा दिएको छ। रविलाल र पार्वतीको मिलेमतोमा उदयपुरको बेलका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका केशवप्रसाद रिजाल भ्रष्टाचारमा डामिएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ गते सप्तरीको डाक्नेश्वरी नगरपालिकाबाट बेलका पठाइएका रिजाल १० गते नै भ्रष्टाचारमा डामिएर रन्थनिएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रिजालसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।इलाका प्रशासन कार्यालय झापामा प्रमुख प्रशासकीय अधिकृत हुँदा रिजालले राहदानीमा उमेर घटाएर सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका रिजाल त्रियुगा तरेर बेलका नपुग्दै भ्रष्टाचारमा डमिएका हुन्।

सामान्यमा रविलाल र पार्वतीले अनियमित तरिकाले सरूवा गरेर बेलका पठाइएका रिजाललाई अख्तियारले निलम्बन गर्दिएको हो। उनको सरूवा गर्ने रविलाल र पार्वतीमाथि छानबिन गर्न ‘जेन-जी’हरू सरकारको ध्यानाकर्षण गराउने तयारीमा छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ