प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शलाई कायम राखेर सचिवालयको आकार घटाइयो


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वकीय सचिवालयमा व्यापक हेरफेर भएको छ।  प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शलाई कायम राखेर उनकी श्रीमती संगिता र नातेदारलाई हटाउने निर्णय भएको हो।

कार्कीको सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने गरी व्यापक हेरफेर गरिएको हो।

प्रधानमन्त्रीको मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकारका गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्रीको निजी चिकित्सकमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मानबहादुर केसी नियुक्त रहेका छन्। प्रधानमन्त्री कार्कीको प्रेस संयोजक रामबहादुर रावल रहेका छन्। स्वकीय शाखा अधिकृत फोटोग्राफर केशव थापा पनि जागिर जोगिएको छ।

प्रधानमन्त्री कार्की सचिवालयबाट सूचना, प्रविधि तथा सञ्चार विज्ञ अरूण कटुवाल र युवा तथा सामाजिक विकास विज्ञमा प्रदिप ज्ञवाली टिमबाट हटेका छन्।
‘जेन-जी’ आन्दोलनको जगमा बनेकी प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमती र नातेदारलाई सचिवालयमा जागिर खुवाएको विषय स्वास्थ्य लाइभले खुलासा गरेको थियो। स्वास्थ्य लाइभले ‘जेन-जी’ आन्दोलनका घाइते र शहीद परिवारका नाममा आदर्शकी श्रीमती संगितासहित नातेदार कमला श्रेष्ठ, पुनम श्रेष्ठ, रविना श्रेष्ठलाई प्रधानमन्त्री जागिर खुवाएका विषय सार्वजनिक भएसँगै विवाद सिर्जना भएको थियो। त्यसैका कारण प्रधानमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ।
प्रधानमन्त्री कार्कीको सचिवालयमा रहेकी स्वकीय सहसचिव (प्रथम श्रेणी)मा आदर्शकी श्रीमती संगिता र नातेदार कमला हटेका छन्। स्वकीय शाखा अधिकृत रहेका रमेशराज दाहाल, अर्जित खड्का र आकृति घिमिरे पनि प्रधानमन्त्रीको टिमबाट हटेका हुन्।
प्रशासन सहायकमा आदर्शकी भाञ्जी पुनम श्रेष्ठसहित रविना श्रेष्ठ, जुनु कार्की, सृष्टी डंगोल, एन्जलिना कायस्थको समेत जागिर गएको छ। प्रधानमन्त्री कार्कीको सचिवालय ६ सदस्यीय बनाइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ