पौडेल, भट्टराई र घिमिरे सचिवमा सिफारिस, पौडेल बढुवा हुने


काठमाडौं। सचिव बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ। सहसचिवहरू राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरे सचिव बढुवाका लागि सिफारिस भएका हुन्।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले तीन सहसचिवलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस भएका पौडेललाई सचिवमा बढुवा गर्ने सम्भावना छ। पौडेल अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत छन्। भट्टराई वैदेशिक रोजगार विभाग र घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ