गगन नेतृत्वको कांग्रेसले पनि श्रीमान-श्रीमतीलाई सांसद बनाउन खोज्यो
काठमाडौं। परिवारवादमा लागेको आरोप लगाउँदै विशेष महाधिवेशनबाट शेरबहादुर देउवालाई हटाउँदै गगनकुमार थापा सभापति बनाइयो। कांग्रेसको विशेष महाधिवेशले श्रीमान-श्रीमती माननीय हुन नपाउने नीति ल्यायो। तर, उक्त नीतिलाई लत्याउँदै गगन नेतृत्वको कांग्रेसले पनि श्रीमान-श्रीमती सांसद हुने कदम चालेको छ।
कमला देवी पन्त अहिले राष्ट्रियसभा सदस्य छिन्। देउवा सभापति हुँदा पन्त राष्ट्रियसभामा पुगेकी हुन्। अहिले उनैका श्रीमान् मधु आचार्यलाई गगन नेतृत्वको कांग्रेसले काभ्रेपलाञ्चोक-२ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको टिकट दिएको छ। मधु उक्त क्षेत्रबाट निर्वाचित भए श्रीमान्-श्रीमती नै सांसद हुने अवस्था आउँछ। यस्तो अवस्था गगन/विश्वको नीतिले पनि फेल खाने देखिन्छ। बदलिएको कांग्रेसमा नबदलिएको यो शैलीले परिवर्तनलाई चुनौती दिएको छ। श्रीमती सांसद हुँदाहुँदै श्रीमानलाई सांसदको टिकट दिँदा गगनले नेतृत्व गरेको ‘जेन-जी’ कांग्रेसमाथि पनि प्रश्न उठ्न थालेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस