२०७९ सालको चुनावमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक मात्र महिला सिताले टिकट पाइनन्
काठमाडौं। २०७९ सालको चुनावमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद सिता गुरुङले टिकट पाइनन्। कांग्रेसबाट ५७ जना निर्वाचित हुँदा सिता एक्ली महिला थिइन्। उनै सिता टिकटबाट बञ्चित भइन्। प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम जिल्लाबाट सिता निर्वाचित भएकी थिइन्। फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले सिताको ठाउँमा सन्तोष सुब्बालाई टिकट दिएको छ। प्रत्यक्षबाट निर्वाचित एम मात्र महिला उम्मेदवारलाई कांग्रेसले हेरेको हेऱ्यै बनाएको हो। टिकट दिएको छ। प्रत्यक्षबाट निर्वाचित एम मात्र महिला उम्मेदवारलाई कांग्रेसले हेरेको हेऱ्यै बनाएको हो।
२०७९ सालमा झापा-१ बाट प्रत्यक्ष निर्वाचित सांसद विश्वप्रकाश शर्माको ठाउँमा केशवराज पाण्डेले टिकट पाएका छन्। सङ्खुवासभाबाट निर्वाचित सांसद दिपक दिपक खड्काको ठाउँमा दिपन श्रेष्ठले टिकट पाएका हुन्। मोरङ-१ बाट निर्वाचित सांसद डिकबहादुर लिम्बुको ठाउँमा खड्गबहादुर फागोलाई टिकट दिइएको छ। उदयपुर-१ बाट निर्वाचित सांसद डा. नारायण खड्काको ठाउँमा विदुर बस्नेतले टिकट पाएका हुन्। ओखलढुङ्गाबाट निर्वाचित सांसद रामहरि खतिवडाको ठाउँमा कुमार लुईंटेलले बाजी मारेका छन्।धनुषा-२ बाट निर्वाचित सांसद रामकृष्ण यादवको ठाउँमा दिनेश पर्सेलाले टिकट फुत्क्याएका हुन्। पर्सा-४ बाट निर्वाचित सांसद रमेश रिजालको ठाउँमा श्यामबाबु गुप्ताले टिकट पाउन सफल भएका छन्।
रामेछापबाट प्रतिनिधिसभा सदस्यमा पूर्णबहादुर तामाङ [कान्छाराम]लाई टिकट नदिएर रामचन्द्र खड्कालाई अघि सारिएको छ। सिन्धुली-१ मा निर्वाचित सांसद श्यामकुमार घिमिरेलाई हटाएर उज्ज्वल बराललाई अघि सारिएको छ।भक्तपुरबाट निर्वाचित सांसद दुर्लभकुमार थापाको ठाउँमा कविर राणले टिकट पाएका छन्। काठमाडौं-१ बाट निर्वाचित कांग्रेस सांसद प्रकाशमान सिंह ठाउँमा प्रवल थापाले टिकट पाएका हुन्। काठमाडौं-३ बाट सन्तोष चालिसेको ठाउँमा रमेश अर्यालले बाजी मारेका छन्। काठमाडौं-४ बाट निर्वाचित सांसद गगनकुमार थापाको ठाउँमा सचिन तिमल्सिना र काठमाडौं-१० बाट निर्वाचित सांसद राजेन्द्रकुमार केसी ठाउँमा हिमाल कार्कीले टिकट पाएका हुन्।
धादिङ-२ बाट निर्वाचित सांसद रामनाथ अधिकारीको ठाउँमा रमेश धमलाले टिकट पाएका छन्। प्रतिनिधिसभा-२ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतको ठाउँमा वंशलाल तामाङ उम्मेदवार बनेका हुन्। नुवाकोट-२ बाट निर्वाचित सांसद अर्जुननरसिंह केसीको ठाउँमा उनकै सहोदर भाइ जगदिश्वरनरसिंह केसीले टिकट पाएका छन्। गोरखा-१ निर्वाचित सांसद राजेन्द्र बजगाईँको ठाउँमा प्रेमप्रकाश खत्रीले टिकट पाएका हुन्। स्याङ्जा-१बाट निर्वाचित राजु थापाको ठाउँमा भरतराज ढकालले टिकट पाएका छन्। स्याङ्जा-२ बाट निर्वाचित सांसद धनराज गुरुङ ठाउँमा भागवतप्रकाश मल्ल उम्मेदवार बनेका हुन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट निर्वाचित सांसद शशाङ्क कोइरालाको ठाउँमा गजेन्द्र आलेले टिकट पाएका छन्। म्याग्दीबाट निर्वाचित सांसद खमबहादुर गर्बुजा [खम्बिर]को ठाउँमा कर्णबहादुर भण्डारीले टिकट पाएका छन्। सुर्खेत-१ बाट प्रतिनिधिसभा निर्वाचित सांसद पूर्णबहादुर खड्का नैतिकताका आधारमा भाइ विष्णुबहादुर खड्कालाई टिकट पाएका छन्। सुर्खेत-२ बाट निर्वाचित सांसद हृदयराम थानीको ठाउँमा नारायण कोइराला उम्मेदवार बनेका हुन्।नवलपुर-२ बाट विष्णुकुमार कार्कीको ठाउँमा ओमबहादुर घर्ती पाएका छन्।
मुगुका सांसद ऐनबहादुर शाहीको ठाउँमा खड्ग शाहीले टिकट पाएका हुन्। बाजुराको प्रतिनिधिसभामा निर्वाचित सांसद बद्रीप्रसाद पाण्डेको ठाउँमा जनकराज गिरीले इन्ट्री मारेका हुन्। कैलाली-५ बाट निर्वाचित सांसद डिल्लीराज पन्तको ठाउँमा नरनारायण शाह उम्मेदवार भएका छन्। कैलाली क्षेत्र-४ बाट निर्वाचित सांसद वीरबहादुर बलायरको ठाउँमा गोरख बहादुर विष्टले टिकट पाएका हुन्। दार्चुलाबाट निर्वाचिति सांसद दिलेन्द्रप्रसाद बडूको ठाउँमा धर्मानन्द जोशी उम्मेदवार बनेका छन्। कञ्चनपुर- ३ मा निर्वाचित सांसद रमेश लेखकको ठाउँमा हरिप्रसाद बोहराले टिकट पाएका हुन्।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस