माथिल्लो फेदीमा पुगे बालेन, शुक्रबार सबेरै पाथीभरा देवीको दर्शन गरेर दमक फर्किने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाथीभराको माथिल्लो फेदीमा बास बसेका छन्। दलबलसहित पाथीभरा देवीको दर्शन गर्न हिँडेका बालेन विहीबार मथिल्लो फेदीमा बास बसेका हुन्। झिसमिसेमै पाथीभरा देवीको दर्शन गर्ने उद्देश्यले बालेनको टोली माथिल्लो फेदीमा बास बसेका हुन्। पर्यटनको सिजन अफ भएका बेला पाथीभरा क्षेत्रमा बालेन पुगेपछि उत्साह छाएको छ। बालेनसँग फोटो खिचाउन तछाडमछाड गरेका हुन्।

बालेनका रणनीतिक सल्लाहकार कुमार बेनलाई साथमा लिएर ताप्लेजुङतिरको यात्रा तय गरेका बालेन माथिल्लो फेदीमा बास बस्न पुगेका हुन्। काफ्लेपाटीभन्दा एक कदम अघि बढेर उनको टिम माथिल्लो फेदी पुगेको हो। बालेनको टिम शुक्रबार नै निर्वाचन क्षेत्र झापा-५ दमक फर्किने कार्यतालिका रहेको छ। जानकी माताको आर्शीवाद लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव भिड्न झापा पुगेका बालेन पाथीभरा मातसँग शक्ति मागेर दमक फर्किनेछन्। उनी मदनभण्डारीको जन्म घर ढुंङ्गेसाँधु पुग्ने सम्भावना पनि छ। यसले पूर्वी नेपालको पर्यटन र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ