नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा चुमनलाल दास नियुक्त
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा चुमनलाल दास नियुक्त भएका छन् ।
यसअघि डा कृष्ण पौडेल स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएपछि सो महाशाखा प्रमुखको पद खाली रहेको थियो ।
खाली रहेको उक्त पदमा मन्त्रालयले डा दासलाई जिम्मेवारी दिएको हो । नीति निर्माण, योजना तर्जुमा तथा कार्यक्रमको अनुगमन–मूल्यांकनमा अनुभव रहेका डा दासको नेतृत्वमा मन्त्रालयको नीति तथा योजना कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी :
समाचार



तपाईको प्रतिक्रिया दिनुहोस