हर्क साम्पाङले राजीनामा दिएपछि प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले पनि छाडे धरान उपमहानगरपालिका


काठमाडौं। धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले राजीनामा दिएपछि प्रमुख प्रशासकीय अधिकृत अम्बीकाप्रसाद चौलागाईंले पनि धरान छाडेका छन्। प्रतिनिधिसभाको चुनाव लड्न साम्पाङ धरान उपमहानगरपालिकाबाट बाहिरिएपछि चौलागाईं भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयतिर पुगेका हुन्।

धरान उपमहानगरपालिका छाडेका चौलागाईं धरान भने नछाड्ने मुडमा देखिन्छन्। उनी धरान मालपोतको प्रमुख मालपोत अधिकृत बन्न मन्त्रालय धाइरहेका छन्।

मालपोत कार्यालय धरानका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला ५८ वर्ष लागेर माघ १५ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उक्त रिक्त स्थानमा चौलागाईंलाई पठाउने सम्भावना छ। धरान मालपोत उपसचिवका लागि आकर्षक कार्यालय भने होइन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ