अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘जेन-जी’ दुरूप्रयोग गरेर करारका कर्मचारीको म्याद थप्न चलखेल
काठमाडौं। ‘जेन-जी’का नाममा अनौठो धन्दा सुरू भएको छ। विकृति र विसङ्गतिप्रति लक्षित ‘जेन-जी’ आन्दोलन केही व्यक्तिका कारण बदनाम हुन थालेको हो। ‘जेन-जी’ आन्दोलनको जगमा नागरिक सरकार बनेपनि केही व्यक्तिको चलखेलका कारण बदनाम हुन थालेको छ।
जलेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘जेन-जी’ आन्दोलनका घाइते र शहीद परिवारलाई जागिर खुवाउन होइन। पुरानै सत्ताका मन्त्रीहरूले भर्ति गरेका करारका कर्मचारीको म्याद थप गर्नका लागि ‘जेन-जी’का नाममा यो हदसम्मको चलखेल भएको हो।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन-जी आन्दोलनका क्रममा जलेपछि ‘खरानी चाट्ने र फलाम चुस्ने’बाहेक केही काम छैन। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका स्थायी कर्मचारी नै काम नपाएर हाजिर गरेर घर जाने गरेका छन्। जलेर भग्नावशेषमा परिणत भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लुट मच्चाउनका लागि ४ दर्जन बढी कर्मचारीको म्याद थप्न ‘जेन-जी’का नाममा चलखेल सुरू भएको हो।
संसद् सचिवालयले भाडामा लिएर सञ्चालन गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चुस्नका लागि फलामबाहेक केही बाँकी छैन। त्यस्तो ठाउँमा निर्वाचन आचारसंहिता लागिपसेकपछि ‘जेन-जी’का नाममा करारका कर्मचारीको म्याद थप्न चलखेल गर्नेलाई ‘जेन-जी’ अगुवानहरूले पहिचान गरेर बदनामी हुनबाट जोगाउनु पर्छ। पुरानै दलका कार्यकर्तालाई ‘खरानी चाट्न र फलाम चुस्न’ राख्न चलखेल गर्नेको नाम तत्काल सार्वजनिक गर्नुपर्छ।
पुरानै अवस्थालाई निरन्तरता दिने हो भने ‘जेन-जी’ आन्दोलन बदनाम हुने निश्चित छ। सहरी विकास सचिवको नेतृत्वमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले तत्काल निर्णय लिएर राज्यलाई अनावश्यक व्यभारबाट जोगाउनु पर्छ। उक्त समितिमा सहरी विकास मन्त्रालय र अन्तर्गका कर्मचारीको ठूलो संख्या रहेको छ। मन्त्रीतिर देखाएर समितिका अध्यक्ष र सदस्य-सचिव उम्कन मिल्दैन।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस