जेष्ठताका आधारमा १४ जना सहसचिवमा बढुवा 


काठमाडौं। जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा १४ जना उपसचिव सहसचिवमा बढुवा भएका छन्। प्रशासन सेवामा १२ र लेखापरीक्षण सेवामा २ जना गरी १४ जना सहसचिवमा बढुवा भएका हुन्। उनीहरूले सहसचिव भएको नियुक्ति पत्र बुझिसकेका छन्।

प्रशासन सेवामा कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद खनाल, गंगाबहादुर क्षेत्री, सुकदेवप्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा, डमरूप्रसाद निरौला र राजन राई सहसचिवमा बढुवा भएका हुन्। कार्की र पाण्डे राजस्व समूहको उपसचिवबाट सहसचिवमा बढुवा भएका छन्।  बाँस्कोटा लेखा समूहबाट सहसचिवमा बढुवा भएका हुन्।

लेखापरीक्षण सेवा तर्फ भने परशुराम न्यौपाने र थवराज अधिकारी सहसचिवमा बढुवा भएका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ