राष्ट्रिय सभाको निर्वाचनमै बदर मत उच्च 


काठमाडौं। राष्ट्रिय सभाको निर्वाचनमै बदर मत उच्च देखिएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार ४.८३ प्रतिशत मत बदर भएको छ।

राष्ट्रिय सभाको निर्वाचनमा १४२६ जना जनप्रतिनिधिले मतदान गरेका थिए। खसेको मतमध्ये १९२४ मत सदर र ९३ मत बदर भएको छ। जनप्रतिनिधिहरू नै मतदान रहेको ठाउँमा यति धेरै मत बदर हुनुले जनप्रतिनिधिको स्तरमाथि समेत पश्न उठेको हो।

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ