एमआरआईपछि सिटी स्क्यान खरिद भ्रष्टाचारमा पनि डामिइन् संगिता भण्डारी


काठमाडौं। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा. संगिता भण्डारीविरुद्ध दोस्रो भ्रष्टाचारको मुद्दा दायर भएको छ। गत असोजमा एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार मुद्दा लागेकी भण्डारीलाई सिटी स्क्यान घोटालामा पनि भ्रष्टाचार मुद्दा दायर भएको हो। ४ महिनाको अन्तरालमा संगिताविरुद्ध दोस्रो भ्रष्टाचारका मुद्दा दायर भएको छ।

अख्तियारले सिटी स्क्यान मेसिन खरिद गर्दा सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ। उपकुलपति भण्डारीसहित कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी, बोयोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमितकुमार चौधरी र लेक्चरर डा. श्रीसिया पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो। शाखा अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आइटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह, हिमालयन मेडिटेक प्रालि तथा उक्त कम्पनीका प्रमुख अमर श्रेष्ठ र सन्जु राजकर्णिकार समेत भ्रष्टाचारमा डामिएका छन्।

भण्डारी उपकुलपति हुँदा प्रतिष्ठानले लुम्बिनी हेल्थकेयर प्रालिसँग ११ करोड ४५ लाख रुपैयाँमा एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर अख्तियारले मुद्दा दायर गरेको थियो। त्यस्तै सिटी स्क्यान मेसिन खरिद गर्दा सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

अख्तियारले २ करोड २० लाख रुपैयाँ परेको ट्रान्सफर्मरको विषयमा पनि विस्तृत अनुसन्धान गरिरहेको छ। यो विषयमा पनि भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने उच्च सम्भावना छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ