प्रशासन सेवाको खुला र समावेशी सहसचिवमा १० जनाबीच प्रतिस्पर्धा
काठमाडौं। नेपाल प्रशासन सेवाको खुला र समावेशी सहसचिवका लागि १० जनाको प्रतिस्पर्धा देखिएको छ। लोक सेवा आयोगले खुला प्रतिस्पर्धा र समावेशीमा निकालेको लिखित परीक्षामा १० जनाको नाम निस्किएको हो।
खुला २ पदका लागि ४ जनाको नाम निस्किएको छ। खुला प्रतिस्पर्धामा टेकबहादुर वली, विजयकुमार शर्मा, सुवन शर्मा र हरिकृष्ण बुढाथोकीको नाम निस्किएको छ। त्यस्तै १ जना महिलाका लागि आरती न्यौपाने, बन्दना झा र वविता भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। पिछडिएको क्षेत्रमा १ जना आवश्यक परेकोमा दशरथ बुढा, नरेन्द्र सन्याल र बसन्तबहादुर बोहराको लिखितमा नाम निस्किएको हो। खुलामा टेकबहादुर वली, विजयकुमार शर्मा, सुवन शर्मा र हरिकृष्ण बुढाथोकीमध्ये २ जना, महिलामा आरती न्यौपाने, बन्दना झा र वविता भट्टराईमध्ये १ जना र पिछडिएको क्षेत्रमा दशरथ बुढा, नरेन्द्र सन्याल र बसन्तबहादुर बोहरामध्ये १ जना सहसचिव हुनेछन्।

त्यस्तै नेपाल लेखापरीक्षण सेवाको सहसचिवको खुला प्रतिस्पर्धामा नरेन्द्र सन्याल, प्रेमचन्द्र अर्याल, विशाल सापकोटा र सिर्जना बरालको लिखितमा नाम निस्किएको छ। यिनीहरूमध्ये १ जना लेखापरीक्षण सेवाको सहसचिव बन्नेछन्।

त्यस्तैगरी संघीय संसद् सेवाको खुलामा १ जना सहसचिवका लागि लिखितमा धर्मराज रोकाया, नुमराज खनाल शर्मा, प्रेमचन्द्र अर्याल, विशाल सापकोटा, शिवप्रसाद भन्तना र सिर्जना बरालको नाम निस्किएको हो। उनीहरूमध्ये १ जना सहसचिव हुनेछन्।




तपाईको प्रतिक्रिया दिनुहोस