पशुपति बागमती किनारमा कहाँबाट आए यी बौद्ध भिक्षुहरू?
काठमाडौं। पशुपति क्षेत्रको बागमती किनारमा ठूलो संख्यामा बौद्ध भिक्षुहरू देखिन्छन्। ३/४ दिनदेखि बागमती किनारमा बसिरहेका बौद्ध भिक्षुहरू आफूलाई भियतनामी बताउँछन्। बिहान एक छाक मात्र खाने फिरेन्ते प्रकृतिका भियतनामी बौद्ध भिक्षुहरू बागमतीको किनारमा ध्यान आसनमा बसिरहेका भेटिन्छन्।
२८ जनाको संख्यामा रहेका उनीहरूको जीवनशैली राउटेको जस्तै देखिन्छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी हुँदै पशुपति क्षेत्र आइपुगेको बताउने भियतनामी बौद्ध भिक्षुकहरू आफूलाई भेगानको रूपमा चिनाउँछन्। किरियापुत्री भवनको पछाडि पट्टी बागमतीको किनारमा भेटिएका भिक्षुहरूले फ्यालेको कपडा सिलाएर लाउने गरेका छन्। जतिबेला पनि सियो धागो लिएर कपडा सिलाउँदै गरेको अवस्थामा उनीहरू देखिन्छन्। बुद्धको पञ्चशीलको सिद्धान्तलाई अत्यन्तै निष्ठाका साथ पालन गरिरहेका बौद्ध भिक्षुहरू सुरक्षाकर्मीले दुःख दिने गरेको गुनासो पोख्छन्। म्यानमार, भुटान, भारत हुँदै लुम्बिनीमा ३ महिना साधना गरेर उनीहरू पशुपति क्षेत्रमा आएको बताउँछन्।
आफ्नै तरिकाले चलिरहेका उनीहरूको विषयमा पशुपति क्षेत्र विकास कोषले समेत चासो देखाएको छैन। उनीहरू को हुन्? कसरी यहाँ आइपुगे? के गरिरहेका छन् भन्ने विषयमा कोषले सोधीखोजी गर्नु पर्ने हो। तर, यो विषयमा कोष लाई कुनै चासो रहेको पाइँदैन।













तपाईको प्रतिक्रिया दिनुहोस