प्रदेशमा समायोजन भएर अदालतको आदेशबाट संघमा आएका बम सहसचिव भएपछि संघमै व्यवस्थापन
काठमाडौं। लेखा समूहका उपसचिव मानबहादुर बम संघमै व्यवस्थापन भएका छन्। कर्णाली प्रदेशमा समायोजन भएका बम अदालतको आदेशबाट संघमा फर्किएका थिए। अदालतको मुद्दा नटुंगिदै नेपाल प्रशासन सेवाको सहसचिव भएपछि बम संघमै व्यवस्थापन भएका हुन्। अदालतले रिट खारेज गर्दिएपनि बम सहसचिव भइसकेकाले प्रदेश फिर्ता जानु नपर्ने भएको छ।
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा लेखा उपसचिव रहेका बम आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव बन्न सफल भएका छन्। प्रदेश सरकारमा समायोजन भएका उनी संघीय सरकारमै सहसचिव भएर आउन सफल भएका हुन्।
बमसँगै विनोद गेलाल, नवराज नेपाल, तोमनाथ उप्रेती पनि अदालतको आदेशबाट संघमै फिर्ता भएका थिए। बम सहसचिव भएर प्रदेशको खड्को पार गरेका छन् भने गेलाल, नेपाल र उप्रेती अझै प्रदेशमा समायोजन भएर जानुपर्ने जोखिममा देखिन्छन्।
बमसँगै मधेश प्रदेशमा समायोजन भएर गएका विनोद गेलाल, इटहरी उपमहानगरपालिकामा समायोजन भएका नवराज नेपाल र कोशीतिर पुगेका तोमनाथ उप्रेती सर्वोच्च अदालतको अन्तरिम आदेशबाट संघमै टिकिरहेका छन्। अदालतको आदेश तलमाथि हुनेबित्तिकै प्रदेश फर्किनु पर्ने खतराबाट बमले मुक्ति पाएका छन्। गेपाल, नेपाल र उप्रेती भने अझै प्रदेश फर्किनु पर्ने खतरामा रहेको पाइन्छ। बम बेलैमा सहसचिव भएकाले उनी भने अदालतको डरबाट माथि उठेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #मानबहादुर बम



तपाईको प्रतिक्रिया दिनुहोस