निर्वाचन आयोग तीन सदस्यीय भए पुग्ने प्रमाणित
समाचार टिप्पणी
काठमाडौं। निर्वाचन आयोग तीन सदस्यीय भए पुग्ने पदाधिकारीले प्रमाणित गरिदिएका छन्। कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, र जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा प्रतिनिधिसभाको निर्वाचन सफलापूर्वक सम्पन्न गरेका छन्। उनीहरूले तीन सदस्यीय निर्वाचन आयोग ‘स्टान्डर्ड’ रहेको मानक स्थापित गरेका हुन्।
निर्वाचन आयोग मौसमी आयोग हो। उक्त आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोक सेवा आयोगले जस्तै नियमित व्यस्त रहँदैन। ‘सिजन’ आएपछि निर्वाचन गर्ने हो। त्यसका लागि राज्यका सबै निकायलाई परिचालन गर्छ। अहिले रहेको तीन सदस्यीय निर्वाचन आयोगमा नै निर्वाचन गर्न सक्छ भन्ने प्रमाणित गरेको छ।
निर्वाचन आयोगमा अनावश्यक र भद्दा रूपमा पदाधिकारी राख्नुभन्दा संविधान संशोधन गरेर तीन सदस्यीय बनाउन उपयुक्त हुने देखिन्छ। चुनाव र केही काम गर्नका लागि निर्वाचन आयोगमा तीन पदाधिकारी भए प्रयाप्त हुन्छ। चुनावबाहेक अन्य बेला आयोगमा खासै काम नहुने भएकाले एक महिला अनिवार्य रहने गरी तीन सदस्यीय निर्वाचन आयोग बनाउन बालेन सरकारले कदम चाल्नुपर्छ।
क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस