राष्ट्रिय ट्रमा सेन्टरसहितका सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य उपकरण प्रयोगविहीन
काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरसहितका सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य उपकरण प्रयोगविहीन भएका छन्। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार नेपाल प्रहरीसहितका सरकारी अस्पतालहरूमा करोडौं मूल्यका अत्यावश्यक स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेका हुन्। महालेखापरीक्षकको कार्यालयका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा करोडौं मूल्यका उपकरण प्रयोगविहीन अवस्थामा रहेको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ। राष्ट्रिय ट्रमा सेन्टरसहित नेपाल प्रहरी अस्पता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतमा करोडौंका उपकरण थन्किएर बसेका छन् भने बिरामीले सास्ती खेप्नुपरेको हो।
राष्ट्रिय ट्रमा सेन्टर २४ करोड ७७ लाख नाै हजार मूल्यको सिटिस्क्यान सिस्टम, १४ थान भेन्टिलेटर र पाँच थान सी-आर्म मेसिन पनि प्रयोगविहीन अवस्थामा रहेका छन्। यी उपकरण चार वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको महालेखाको औंल्याएको हो। ट्रममा पाँच करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब प्रयोगमा आउन सकेको छैन। दक्ष जनशक्ति नहुँदा ०७२ मै किनिएको उक्त उपकरण अस्पतालभित्र थन्किएको हो।
महालेखापरीक्षकको कार्यालयले नेपाल प्रहरी अस्पतालमा अत्याधुनिक १६ स्लाइसको सिटिस्क्यान मेसिन र १.५ टेस्लाको आधुनिक एमआरआई मेसिन प्रयोगविहीन अवस्थामा रहेको जनाएको हो।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ७२ लाख ६० हजार मूल्यमा किनिएका लिड इसिजी केबलका ३०० सेटहरू प्रयोगविहीन अवस्थामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। गजेन्द्रनारायण सिंह अस्पतालमा चार करोड ९० लाख १५ हजार मूल्यमा किनिएका इन्डो युरोलोजी सेट, एक्स–रे मेसिन, एनेस्थेसिया मेसिन र ल्याप्रोस्कोपी सिस्टम प्रयोगविहीन अवस्थामा रहेको पनि महालेखाले जनाएको हो।
सिंहदरबार वैद्यखाना विकास समितिमा अटोमेटिक क्याप्सुल फिल मेसिन, सिंगल रोटरी ट्याब्लेटिङ मेसिन र पाउडर फिलिङ मेसिनसहित ६० प्रकारका मेसिनहरू प्रयोगविहीन रहेको पाइएको छ।
क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस