यी हुन् मुख्यसचिवसहित अवकाशको मुखमा रहेका सचिवहरू


काठमाडौं। मुख्यसचिवसहित ठूलो संख्यामा सचिवहरू अवकाशको मुखमा रहेका छन्। एक महिनाभित्रमै आधा दर्जन सचिव अवकाशमा जाने देखिन्छ।

ऊर्जा मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा पुगेका सचिव चिरञ्जीवी चटौत अवकाशको अग्रपङ्क्तिमा रहेका छन्। सचिव चटौत ५८ वर्ष लागेर असार १४ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी जागिर ४ साता पनि बाँकी छैन।

नेपाल ट्रष्टको कार्यालयबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तक मन्त्रालयमा सरुवा भएकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य ३ सातापछि अवकाशमा जाँदैछिन्। असार १६ गते सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर सचिव बज्राचार्य अनिवार्य अवकाशमा जाँदेछिन्। उनको घर जाने दिनगन्ती सुरू भइसकेको छ।

बज्राचार्यपछि निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटी घर जाने सूचीमा छन्। बुर्लाकोटी ५ वर्ष सचिव खाएर असार २० गते अनिवार्य अवकाशमा जाने भएका हुन्। बुर्लाकोटीको जागिर ४ हप्ता पनि बाँकी छैन। त्यसपछि उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका विवादित सचिव कृष्णहरि पुष्कर अनिवार्य अवकाशमा जानेछन्। सचिव कर्ण असार २३ गते ५ वर्ष सचिव खाएर अनिवार्य अवकाशमा जान लागेका हुन्। सचिव कर्णको जागिर महिना दिनबाट ओरालो लाग्न थालिसकेको छ।

मुख्यसचिव सुमनराज अर्याल असार २५ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्। मुख्यसचिव अर्यालको पनि जागिरको दिनगन्ती सुरू भएकाे हाे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपाल असार २७ गते अनिवार्य अवकाशमा जाँदैछन्। नेपालको जागिर ठ्याक्कै १ महिना बाँकी छ। ५ वर्षे कार्यकाल पूरा गरेर नेपाल अनिवार्य अवकाशमा जान लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै कार्यरत अर्का सचिव किरणराज शर्मा एक महिनापछि अनिवार्य अवकाशमा जाने सूचीमा छन्। शर्मा ५ वर्ष सचिव चलाएर साउन ३ गते अनिवार्य अवकाशमा जाने भएका हुन्। शर्मापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका लोकनाथ पौड्याल अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पूरा भएर पौड्याल साउन ६ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। साउन १९ गते प्रधानमन्त्री कार्यालय कै जगेडामा तानिएका सचिव हरिप्रसाद मैनाली अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५ वर्ष सचिव खाएर घर जाने सूचीमा छन्। वन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव गोविन्दप्रसाद शर्मा पनि साउनभित्रै अवकाशमा जाने सूचीमा छन्। ५ वर्ष सचिव चलाएर उनी साउन २४ गते अनिवार्य अवकाशमा जान लागेका हुन्।

भदौ लाग्नेबित्तिकै स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव डिल्लीराम शर्मा अवकाशमा जाने सूचीमा छन्। शर्मा ५ वर्ष सचिव खाएर भदौ २ गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन्। बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी पनि भदौं लाग्नेबित्तिकै अनिवार्य अवकाशमा जाँदैछन्। सचिव अधिकारी भदौ ३ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। ५ वर्ष सचिव चलाएर उनी असोज १३ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन्। गृहसचिव राजकुमार श्रेष्ठ असोज १५ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी पनि ५ वर्ष सचिव चलाएर घर जान लागेका हुन्। राष्ट्रिय सतर्कता केन्द्रबाट जल तथा ऊर्जा आयोगको सचिवालय पुगेका सचिव सरजुकुमार वैद्य पनि असोज १५ गते नै अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्।

राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ गते अनिवार्य अवकाशमा जान लागेका छन्। उनी ५ वर्ष चलाएर असार १८ गते अनिवार्य अवकाशमा जाने सूचीमा परेका हुन्।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र मंसिर २८ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। उनी ५८ वर्ष लागेर अवकाशमा जाने सूचीमा छ्न्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत पुस २० गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५ वर्ष सचिव चलाएर अवनाशमा जाने सूचीमा छन्। राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ पुस ३० गते अनिवार्य अवकाशका जाने सूचीमा छन्। उनी ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने सूचीमा रहेका हुन्।

लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल माघ १६ गते र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला फागुन ४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनीहरू दुबैजना ५ वर्ष सचिव चलाएर अवकाशमा जाने सूचीमा परेका हुन्।

राष्ट्रिय सतर्कता केन्द्रमा सरूवा भएका सचिव दिनानाथ मिश्र चैत २ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। २०८३ साल चैतमै मिश्र ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका हुन्।

असारमा मुख्यसचिवसहित ६ सचिव, साउनमा ४ सचिव, भदौमा २ सचिव, असोजमा ४ सचिव, मंसिरमा १ सचिव, पुसमा २ सचिव, माघ, फागुन र चैतमा १/१ सचिव अनिवार्य अवकाशमा जाने सूचीमा छन्। यीमध्ये १ जना मुख्यसचिव बन्छन् भने बाँकी सबै घर जान्छन्। ४ महिनाभित्रमै मुख्यसचिवसहित १६ सचिव खाली हुने भएकाले सरकारलाई सचिव व्यवस्थापनमा सहज हुने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ