अस्पतालमा सेवा भन्दा सरसफाइ प्राथमिकता ? ६ महिनादेखि सञ्चालनको पर्खाइमा वीर अस्पतालको स्पेक–सिटी मेसिन
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता गत वैशाख २८ गते वीर अस्पतालमा सरसफाइ अभियानअन्तर्गत कुचो लगाउन पुगिन्। त्यसयता उनले विभिन्न अस्पतालमा अनुगमनलाई प्राथमिकता दिँदै आएकी छन्। तर, यही वीर अस्पतालमा विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को सहयोगमा करिब १८ करोड रुपैयाँ लागतमा खरिद गरिएको अत्याधुनिक स्पेक–सिटी ९क्एभ्ऋत्(ऋत्० मेसिन भने ६ महिनादेखि सञ्चालनको प्रतीक्षामै छ।

यसले एउटा प्रश्न उठाएको छ—अस्पतालमा सरसफाइ मात्र प्राथमिकता हो कि बिरामीलाई आवश्यक अत्याधुनिक स्वास्थ्य सेवा पनि ?
स्वास्थ्य क्षेत्रकै पृष्ठभूमिबाट आएकी मन्त्री मेहताले अनुगमन र मूल्याङ्कनलाई निरन्तरता दिए पनि बिरामीको प्रत्यक्ष उपचारसँग जोडिएका महत्वपूर्ण उपकरण सञ्चालनमा ल्याउने विषयमा अपेक्षित सक्रियता देखाउन नसकेको टिप्पणी भइरहेको छ। यसको उदाहरणका रूपमा वीर अस्पतालमा जडान भइसकेको स्पेक–सिटी मेसिन लामो समयदेखि प्रयोगविहीन रहनुलाई हेरिएको छ।

अस्पतालका एक अधिकारीका अनुसार, अस्पताल सफा राख्ने सन्देश दिइरहँदा त्यही अस्पतालमा डब्लुएचओको सहयोगमा उपलब्ध भएको अत्याधुनिक मेसिन आवश्यक जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन। संयोगवश, क्यान्सर रोग विशेषज्ञ डा। विवेक आचार्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का उपकुलपतिमा नियुक्त भइसकेका छन्। तर, क्यान्सर निदान र उपचारका लागि अत्यन्त महत्वपूर्ण मानिने यही उपकरण भने अझै प्रयोगमा आउन सकेको छैन।
स्पेक–सिटी मेसिन क्यान्सरको पहिचान, रोग शरीरमा कति फैलिएको छ भन्ने मूल्याङ्कन तथा उपचार योजना बनाउन प्रयोग हुने अत्याधुनिक प्रविधि हो। यो सेवा सञ्चालनमा नआउँदा आर्थिक रूपमा कमजोर बिरामी निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन्।
मन्त्री मेहताले स्वास्थ्य बीमाको बक्यौता भुक्तानीलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएकी छन्। त्यसैगरी, विश्व स्वास्थ्य संगठनको ७९औँ अधिवेशनबाट नेपाल उपाध्यक्ष चयन भएको विषयलाई पनि उनले आफ्नो सय दिने उपलब्धिमा समेटेकी थिइन्। तर, आलोचकहरूको भनाइमा यस्ता विषयभन्दा जनताले प्रत्यक्ष लाभ पाउने सेवा विस्तार र अत्याधुनिक उपकरण सञ्चालनमा ल्याउनु बढी महत्वपूर्ण हो।
यसैबीच, करिब ६ महिनाअघि भित्रिएको एचआईभी डुअल टेस्ट किटलाई सरकारी प्रणालीमा समावेश गराउने विषयमा मन्त्री सक्रिय देखिएको आरोप पनि लाग्दै आएको छ। आलोचकहरूको भनाइमा यस्ता विवादित विषयमा केन्द्रित हुँदा वीर अस्पतालको स्पेक–सिटी मेसिन सञ्चालनमा ल्याउने विषय ओझेलमा परेको छ।

तत्कालीन उपकुलपति प्रा। डा। भूपेन्द्रकुमार बस्नेतको कार्यकालमा उक्त मेसिन जडान गरिएको थियो। तर, उनको कार्यकाल सकिएपछि नयाँ नेतृत्वले पनि यसलाई सञ्चालनमा ल्याउन सकेको छैन भने मन्त्रालयबाट समेत आवश्यक पहल हुन सकेको देखिँदैन।
अस्पतालका अनुसार, मेसिन सञ्चालनका लागि न्यूक्लियर मेडिसिन विशेषज्ञ चिकित्सकसहित आवश्यक प्राविधिक जनशक्ति अभाव छ। दैनिक करिब १३ जना बिरामीले यो सेवा आवश्यक पर्ने अवस्था रहे पनि वीर अस्पतालमा सेवा उपलब्ध नहुँदा उनीहरू निजी अस्पतालमा पुगेर ५० हजार रुपैयाँसम्म खर्च गर्न बाध्य छन्।
स्वास्थ्य मन्त्रालय र अस्पताल प्रशासनले आवश्यक जनशक्ति व्यवस्थापन गरी यो मेसिन शीघ्र सञ्चालनमा ल्याउन नसकेसम्म सरकारी अस्पतालबाट गुणस्तरीय सेवा दिने प्रतिबद्धतामाथि प्रश्न उठिरहने देखिन्छ।
क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस