अवकाशको मुखमा इन्जिनियरिङ सेवाका ३ सचिव
काठमाडौं। इन्जिनियरिङ सेवाका ३ सचिव अवकाशको मुखमा रहेका छन्। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जल तथा ऊर्जा आयोग सचिव सरजुकुमार वैद्य र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दिनानाथ मिश्र अवकाशको मुखमा रहेका हुन्।
सिग्देल सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाने सूचीमा छन्। वैद्य र मिश्र ५८ वर्ष पूरा भएर घर जाने सूचीमा परेका हुन्।
पूर्वाधार विकास मन्त्रालयका सचिव सिग्देल असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य असोज १५ गते (त्यसको पर्सिपल्ट) अनिवार्य अवकाशमा जाने सूचीमा छन्। विज्ञान प्रविधि तथा नवप्रवर्तत मन्त्रालयका सचिव दिनानाथ मिश्र चैत २ गते अनिवार्य अवकाशमा जाँदैछन्। प्रस्तावित संघीय निजामती सेवा विधेयकमा ३०-५५ लागू गर्ने भएकाले वैद्य र मिश्र उक्त कानुन लागू भएलगत्तै घर जानेछन्।
यी हुन् इन्जिनियरिङ सेवा सचिव हुने लाइनमा रहेका सहसचिव
इन्जिनियरिङ सेवामा सचिव बढुवाका लागि जगदिश्वर कर्माचार्य, नवीनराज सिंह, मीना श्रेष्ठ, पद्यप्रसाद मैनाली, सन्दिपकुमार देव, सञ्जीव कुमार कर्ण, शुशिल कुमार आचार्य अग्रपङ्क्तिमा रहेका छन्। कर्माचार्य, भट्ट र कर्णबाहेक अरू ५५ वर्ष पूरा भइसकेका छन्। यिनीहरूलाई पनि ३० वर्षे सेवा अवधिले भेटे त्योभन्दा पछाडिबाट सचिव बनाउनु पर्ने हुन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #गोपालप्रसाद सिग्देल, #दिनानाथ मिश्र, #सरजुकुमार वैद्य


तपाईको प्रतिक्रिया दिनुहोस