प्रस्तावित संघीय निजामती सेवा विधेयक पेस हुने भयो प्रतिनिधिसभामा
काठमाडौं। प्रस्तावित संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा टेबल गर्ने निर्णय भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक प्रतिनिधिसभामा पेस गर्ने स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उक्त विधेयक संसदीय प्रक्रियाबाटै अघि बढ्ने भएको छ। बहुचर्चित विधेयकलाई सरकारले सदनमा पठाइदिएको हो। सदनबाट फास्ट ट्रयाकमा उक्त कानुन ल्याउने सरकारको तयारी देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस