लेखापरीक्षणमा भण्डारी र सरकारी वकिलमा नेउपाने सचिव बन्ने
काठमाडौं। लेखापरीक्षण सेवा र न्याय सेवाको सरकारी वकिल समूहमा एकसाथ विशिष्ट श्रेणीको पद रिक्त भएको छ। महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक (सचिव) बैकुण्ठबहादुर अधिकारी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) सञ्जीवराज रेग्मी एकसाथ अवकाशमा गएका हुन्। दुबै निकायमा सचिव एकसाथ अवकाशमा गएका छन्। उपमहालेखापरीक्षक चन्द्रकान्त भण्डारी र नायब महान्यायाधिवक्तामा अच्यूतमणि नेउपाने बढुवा हुने देखिन्छ।
सचिव सरह मानिने उपमहालेखापरीक्षकमा बढुवाका लागि नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीको एकल सिफारिस हुने भएकाले भण्डारी नै उपमहालेखापरीक्षक बन्ने निश्चित छ।

यता एक सिट नायब महान्यायाधिवक्ता (सचिव) बढुवाका लागि सहन्यायाधिवक्ता अच्यूतमणि नेउपाने अग्रपङ्तीमा रहेका छन्। उनीसँग सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल र दिनेशप्रसाद घिमिरे नायब महान्यायाधिवक्ता बढुवाका लागि प्रतिस्पर्धामा रहेका हुन्। सरकारी वकिल समूहमा हरेक हिसाबले अगाडि रहेका नेउपाने नै नायब महान्यायाधिवक्ता (सचिव) बन्ने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #अच्यूतमणि नेउपाने, #चन्द्रकान्त भण्डारी


तपाईको प्रतिक्रिया दिनुहोस