गृहमा रजगज गरेका उपसचिवहरू बाहिरिए, अधिकांश जिल्ला समन्वयमा


काठमाडौं। गृहमा रजगज गरेका उपसचिवहरू बाहिरिएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहमा रजगज गर्ने अधिकांश उपसचिवलाई जिल्ला समन्वयमा हालेको छ।

सामान्यले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट उपसचिव सिता परियार जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुपाल्चोक सरूवा गरेको छ। रुपन्देहीका सहायक सिडिओ मेघनाथ पाध्या जिल्ला समन्वय समिति रूकुम (पूर्व), राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उपसचिव वेदनिधि खनाल जिल्ला समन्वय समितिको कार्यालय ताप्लेजुङ र सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल जिल्ला समन्वय समितिको कार्यालय, भोजपुरमा पुगेका छन्।

त्यस्तै बाजुराको सिडिओबाट गृह मन्त्रालय फिर्ता आएका डोरेन्द्र निरौलालाई जिल्ला समन्वय समितिको कार्यालय, धनकुटा; कारागार कार्यालय नख्खुका प्रमुख दिर्घराज उपाध्यायलाई जिल्ला समन्वय समितिको कार्यालय, कैलाली र इलाका प्रशासन कार्यालय फर्पिङबाट उपसचिव रोशनकुमार कठायतलाई जिल्ला समन्वय समितिको कार्यालय, कञ्चनपुर हालिएको छ। उपाध्याय तत्कालीन गृहमन्त्री रमेश लेखकका निजी सचिव भएर समेत काम गरेका उपसचिव हुन्।

डोटीको सिडिओबाट गृह मन्त्रालय आएकी कल्पना घिमिरे नेपाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग सरूवा गरिएको छ। बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट टेककुमार रेग्मी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उपसचिव गोमादेवी चेम्जोङ महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट विनोदकुमार पोखरेल मालपाेत कार्यालय सरूवा भएका हुन्।

अध्यागमन विभागका निर्देशक शिवप्रसाद लम्साल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत र उपसचिव जितेन्द्रकुमार यादव गृहबाट युवा, श्रम तथा रोजगार मन्त्रालय पुगेका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल सामान्यको अतिरिक्तमा सरूवा गरिएका हुन्।

गृहबाट एक दर्जन बढी उपसचिव बाहिरिदा गृहमा आधा दर्जन उपसचिव भित्रिएका छन्। गृहमा भूमिबाट गंगाधर पौडेल, स्वास्थ्यबाट हरि पंगेनी, पर्यटनबाट अमृत महर्जन र ज्योति केसी रावल सरूवा भएका छन् त्यस्तै अख्तियारबाट उपसचिव विष्णुराज बेल्बासे र उद्योगबाट उपसचिव सूर्यप्रसाद चापागाई गृह मन्त्रालय सरुवा भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ