सचिव बढुवाका लागि चक्र बुढाको एकल नाम सिफारिस


काठमाडौं। प्रशासन सेवाको रिक्त एक सचिवमा बढुवाका लागि चक्रबहादुर बुढाको एकल नाम सिफारिस भएको छ। लोक सेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बुढाको नाम सचिव बढुवाका लागि एकल सिफारिस गरेको हो।

जेष्ठताका आधारमा बुढा सचिव बढुवाका लागि सिफारिस भएका हुन्। महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव बुढा जेष्ठताका आधारमा बढुवा हुने भएका छन्। उनी जाजरकोट जिल्लाको पिछडिएको क्षेत्र प्रयोग गरेर सहसचिव भएका हुन्।

राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ अनिवार्य अवकाशमा गएपछि उक्त सिट रिक्त छ। पन्थको ठाउँमा बुढा सिफारिस भएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ