गृहमा व्यवस्थापन हुन बाँकी रहेका सहसचिव
काठमाडौं। सिडिओ बन्न गृह मन्त्रालयमा भित्रिएका सहसचिवहरूको व्यवस्थापन हुन सकेको छैन। पछिल्लो समय गृह मन्त्रालय भित्रिएका सहसचिव एकदेव अधिकारी, विष्णुप्रसाद ज्ञवाली र कृष्णबहादुर शाही रहेका छन्। त्यस्तै रामेछापको प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट तानिएकी बिनु बज्राचार्य कुँवर पनि गृहको जगेडामा रहेकी छिन्। उनको हकमा गृहलेभन्दा पनि मन्त्रिपरिषद्ले व्यवस्थापन गर्ने प्रवल सम्भावना छ।
गृहमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह भित्रिएका सहसचिव एकदेव अधिकारी, महालेखा नियन्त्रक कार्यालयबाट आएका सहसचिव विष्णुप्रसाद ज्ञवाली र राष्ट्रपति कार्यालयबाट सरूवा भएका कृष्णबहादुर शाहीलाई कुनै जिम्मेवारी दिइएको छैन। उक्त सूचीमा रामेछापबाट फिर्ता आएकी विनु बज्राचार्य कुँवर पनि थपिएकी छिन्।
हाल सहसचिवको दरबन्दी भएको उदयपुर, रामेछाप, दैलेख, कपिलवस्तु र प्युठान सिडिओ रिक्त छ। चितवन, काठमाडौं, मोरङ, धनुषा, पर्सा, काभ्रेपलाञ्चोक, मकवानपुर, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लाका सिडिओको पनि सरूवा अवधि पूरा भइसकेको छ। दसैँ अगाडि सिडिओ रिक्त भएका जिल्लामा सिडिओ पठाउने सम्भावना छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस