जोखिपूर्ण बन्दै नदी किनारका बस्ती, बुढीगण्डकीले बगायो बस्ती
काठमाडौं। बुढीगण्डकीमा लेदोसहित आएको भीषण बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ। बजार मात्र होइन पक्की पुल समेत बुढीगण्डकी नदीले बगाएर लगेको हो।
भोटेकशी (त्रिशुली) नदीको वितण्डाको पीडा भूल्न नपाउँदै बुढीगण्डकीले त्यहिँ शैलीमा किनारका बस्तीलाई आफूमा समाहित गराएको छ। यसले नदी किनारमा रहेका बस्ती निकै जोखिमपूर्ण रहेको फेरि पनि देखिएको हो।

नदी किनारका बस्तीलाई राज्यले दीर्घकालीन व्यवस्थापन गर्नु पर्ने पछिल्ला घटनाले संकेत गरेको छ। त्रिशुलीले रसुवा र नुवाकोटमा ठूल्ठूला बजार बगरमा परिणत गरेको थियो। अहिले बुढीगण्डकीले पनि त्यस्तै गरेको हो। नेपाल प्राकृतिक प्रकोपका हिसाबले निकै जोखिमपूर्ण ठाउँमा रहेको छ। नदी किनारका बस्तीहरू सधै जोखिमा रहेको दुई घटनाले देखाएको छ। नदी किनारमा वस्ती विस्थापन गरेर व्यवस्थापन गर्न सके भविष्यमा यस्ता घटनाबाट नागरिकले घरबारविहीन हुनुपर्ने अवस्था कम आउँछ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस