गृहको विपद् व्यवस्थापन महाशाखाको जिम्मेवारी अधिकारीलाई


काठमाडौं। गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव एकदेव अधिकारीलाई दिइएको छ। सहसचिव सुरेश पन्थी महाशाखा प्रमुख बनेपछि उक्त महाशाखा खाली थियो। रिक्त रहेको उक्त विपद् महाशाखामा तत्कालका लागि सहसचिव अधिकारीलाई खटाइएको हो।

सहसचिवको दरबन्दी रहेको रामेछाप, दैलेख र प्युठानमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) खाली छ। सहसचिवलाई काम नपुग्ने ति जिल्लामा सहसचिवलाई सिडिओ पठाउन मुस्किल छ। रामेछापको सिडिओबाट गृह मन्त्रालयको जागेडामा तानिएकी बिनु बज्राचार्य कुँवर जगेडामा एक्ली भएकी छिन्। प्रदिपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि खटाइएको छ। एकदेवको पनि तत्कालका लागि व्यवस्थापन भएको छ। गृहमन्त्री पनि भारततिर लागेकाले दसैँ पछाडि मात्र सिडिओहरूको सरूवा हुने अवस्था देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ