भ्रष्टाचारमा डामिएपछि दुई उपसचिव सहसचिव बन्नबाट बञ्चित


काठमाडौं। भ्रष्टाचार मुद्दामा डामिएपछि दुई उपसचिव सहसचिव बन्नबाट बञ्चित भएका छन्। भ्रष्टाचार मुद्दाले वरिष्ठ उपसचिव लीला अधिकारी (ओझा) र भेषप्रसाद भुर्तेल सहसचिव हुनबाट बञ्चित भएका हुन्।

लीला अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर सहसचिव हुनबाट बञ्चित भएकी हुन्। भेष भुर्तेल भ्रष्टाचार मुद्दा लागेर निलम्बित भएपछि सहसचिव बन्न बञ्चित भएका छन्। भ्रष्टाचार मुद्दा लागेर दुबैजना सहसचिव बन्नबाट बञ्चित भएका हुन्। लीला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर प्रक्रियामा सहभागी हुन नपाएकी हुन्। भ्रष्टाचार मुद्दाका अभियुक्त भुर्तेल बढुवाको नम्बर लागेपनि सहसचिव हुनबाट बञ्चित भएको पाइन्छ।

लीला २०६८ वैशाखमा महिला कोटाबाट सामान्य प्रशासन समूहको उपसचिव भएकी हुन्। बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा ५ लाख घूस लिएको भ्रष्टाचार मुद्दामा उनी भ्रष्टाचारी ठहर भएकी थिइन्। विशेष अदालतले नै भ्रष्टाचारी ठहर गरेपछि लीला सहसचिव हुनबाट बञ्चित भएकी छिन्। सर्वाेच्च अदालतबाट फैसला नउल्टी उनको सहसचिव हुने सम्भावना लगभग समाप्त भएको छ।

लीलाभन्दा एक वर्षपछि भुर्तेल २०६९ वैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट लेखा समूहको उपसचिव भएका थिए। विद्युतीय राहदानी खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका हुन्। भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत रहँदा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका उपसचिव भुर्तेललाई विशेष अदालतले एक लाख धरौटीमा छाडेको छ। उनी पनि बढुवाको मुखमा भ्रष्टाचार मुद्दा लागेर सहसचिव हुनबाट बञ्चित भएका हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #भेषप्रसाद भुर्तेल, #लीला अधिकारी ओझा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ