असोज महिनामा अवकाशमा गएका नेपाल सरकारका ५ सचिव
काठमाडौं। २०८३ असोजभित्रै आधा दर्जन सचिव अनिवार्य अवकाशमा गएका छन्। नेपाल प्रशासन सेवाका १, इन्जिनियरिङ सेवाका २, सरकारी वकिल समूहका १ र लेखापरीक्षण सेवाका १ सचिव अनिवार्य अवकाशमा गएका हुन्।
नेपाल प्रशासन सेवाका रविलाल पन्थ, इन्जिनियरिङ सेवाका गोपालप्रसाद सिग्देल र सरजुकुमार वैद्य, सरकारी वकिल समूहका सञ्जीवराज रेग्मी र लेखापरीक्षण सेवाका बैकुण्ठबहादुर अधिकारी असोज महिनामा अवकाशमा जाने सचिव हुन्।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते, जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य असोज १५ गते, महान्यायाधिवक्ता कार्यालयका सचिव (नायब महान्यायाधिवक्ता) सञ्जीवराज रेग्मी र उपमहालेखापरीक्षक (सचिव) बैकुण्ठबहादुर अधिकारी असोज १७ गते एकैदिन अनिवार्य अवकाशमा गएका हुन्। सोही दिन अवकाशमा जाने सूचीमा छन्। सिग्देलको ठाउँमा पद्मकुमार मैनाली, वैद्यको ठाउँमा नवीनराज सिंह, पन्थको ठाउँमा चक्रबहादुर बुढा, अधिकारी ठाउँमा चन्द्रकान्त भण्डारी र रेग्मीको ठाउँमा अच्यूतमणि नेउपाने विशिष्ट श्रेणी (सचिव)मा बढुवा भइसकेका छन्। असोज महिनामा ठूलो संख्यामा सचिव अवकाशमा जाने बढुवा हुने क्रम देखिएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस