दसैँमा कस्तो मासु खाने?


काठमाडौं। दसैँमा मासु खाने प्रतिस्पर्धा नै चल्ने गरेको छ। गाउँघरतिर दसैँका लागि मासु खान भनेर खसी, बोका, राँगा, सुँगुर, भेडा, च्याङ्ग्रालगायतका पशु पाल्ने चलन छ। सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खसी/बोका, च्याङ्ग्रा बेच्ने गरेको छ। तर मासु खाँदा रोग लाग्ने र बढ्ने खतरा भएकाले स्वास्थ्यमा पनि विशेष ख्याल गर्न जरूरी छ। त्यसो भए कस्तो मासु खाने त!

🛑कस्तो मासु खाने?

➡️सेतो मासु: कुखुरा वा चराचुरुङ्गीको मासु र माछालाई सेतो मासु मानिन्छ। यो रातो मासुको तुलनामा कम बोसोयुक्त र मुटुका लागि कम हानिकारक हुने चिकित्सकहरूको सुझाव छ।

➡️कम चिल्लो र छालाविनाको मासु: मासु खाँदा बोसो र छाला हटाएर कम चिल्लो भएको भाग खादा राम्रो हुने चिकित्सकहरू बताउँछन्।

➡️रातो मासु कम खाने: खसी, राँगो, सुँगुर आदिको मासुलाई रातो मासु भनिन्छ। यसमा बोसो र कोलेस्ट्रोल बढी हुने भएकाले उच्च रक्तचाप, मुटुको समस्या र मधुमेह भएका व्यक्तिले रातो मासु कम वा सकेसम्म नखादै राम्रो हुने चिकित्सकको भनाई छ।

➡️सफा र राम्रोसँग पाकेको मासु: काँचो, अर्धपक्क वा धेरै पोलिएको (डढेको) मासु खानु हुँदैन। राम्रोसँग पाकेको र सफा ठाउँमा काटिएको मासु मात्र खादा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। प्याकिङको मासुभन्दा ताजा र सुरक्षित मासु स्वास्थ्यका लागि उपयुक्त हुने गरेको छ।

🛑कस्तो मासु नखाने?

➡️ धेरै पुरानो वा फ्रिजरमा लामो समय राखेको मासु:

➡️खुला ठाउँमा राखेको मासु:

➡️काँचो वा राम्रोसँग नपाकेको मासु:

➡️तन्किने वा अनौठो किसिमको मासु:

➡️ धेरै चिल्लो र मसला भएको मासु:

➡️रोगी वा मरेका पशुपन्छीको मासु:

यस्ता मासु खादा स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। सकेसम्म यस्ता मासु नखाए राम्रो हुने चिकित्सकहरूको सुझाव छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ