एक पूर्वसचिवको नियुक्ति, अर्का पूर्वसचिवको राजीनामा


काठमाडौं। एक पूर्वसचिवले राजनीतिक नियुक्ति खादा अर्का पूर्व सचिवले राजीनामा दिएका छन्। पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईंले राजीनामा दिएकै दिन अर्का पूर्वसचिव डा. रामप्रसाद घिमिरेले जिम्मेवारी सम्हालेका हुन्।

पूर्व सचिव गुरागाईंले कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षबाट राजीनामा दिएका हुन्। ६ वर्षका लागि नियुक्त भएका गुरागाईं साढे दुई वर्षमै राजीनामा दिएर हिँडेका हुन्।

पूर्वसचिव घिमिरे प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको (स्टाफ कलेज)को कार्यकारी निर्देशकमा नियुक्त भएका छन्। ५ वर्षे कार्यकाल रहेको उक्त पदमा घिमिरे नियुक्त भएका हुन्। संयोग पूर्वसचिव घिमिरेले पदभार ग्रहण गरेकै दिन गुरागाईंले राजीनामा दिएका छन्। एक पूर्वसचिवले राजीनामा दिंदा अर्का पूर्वसचिवले नियुक्ति पड्काएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ