सचिव बढुवामा पछि परेका जयनारायण आचार्य
काठमाडौं। ‘ब्याची’ सहसचिवमा सचिव बढुवा भइसकेका छन्। तर, उक्त ‘ब्याच’का सहसचिवमा सचिव बन्न पछि परेका जयनारायण आचार्य एक्ला हुन्। उनका ‘ब्याची’ सहसचिवहरू नारायणप्रसाद भट्ट, उत्तरकुमार खत्री, आभा श्रेष्ठ कर्ण र चक्रबहादुर बुढा सचिवमा बढुवा भइसकेका छन्। तर, जयनारायण भने सचिव बढुवामा पछाडि परेका हुन्।
२०७१ फागुमा भट्ट, खत्री र आचार्य खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। त्यसै उनीहरूसँगै मधेशी कोटाबाट आभा र पिछडिएको क्षेत्रबाट चक्र सहसचिव भएका थिए। समावेशी कोटाबाट आएका आभा र कर्ण सचिव हुँदा खुलाबाट आएका आचार्य सहसचिव कै भूमिकामा देखिन्छन्। अझै उनलाई सचिव बढुवा हुन दुई महिना बढी समय लाग्ने देखिन्छ। किनकी कृष्ण राउत पुस २० गते ५ वर्ष पूरा गरेर अवकाशमा गएपछि मात्र आचार्य सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस हुनेछन्। आचार्य तत्काल सचिव बन्नका लागि ३०-५५ लगाएर सचिवहरूलाई घर पठाउनु पर्ने हुन्छ। उक्त सम्भावना पनि जीवितै छ।
आचार्यसँगै सहसचिव भएका भट्ट सचिवमा बढुवा भएर कोशी प्रदेशको प्रमुख सचिव बनेका छन्। खत्री सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव हुन्। आभालाई गण्डकीको प्रमुख सचिवमा पठाइएको छ। चक्र राष्ट्रिय सतर्कता केन्द्रमै व्यवस्थापन भएका छन्। सचिवमा बढुवाको प्रतिक्षामा रहेका आचार्य भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहसचिव अर्थात् प्रशासन महाशाखा प्रमुख हुन्। ‘ब्याची’हरू सचिवमा बढुवा हुँदा उनी भने सहसचिव कै भूमिकामा छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस