एकैपटक भए लेखाका ५ दर्जन उपसचिव सरूवा
काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले एकैपटक ६१ लेखा उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ। काठमाडौं बबरमहल, लैनचौर, सुन्धारा, सिंहदरबार, ललितपुर, काभ्रेपलाञ्चोक, मोरङ, पर्सा, दोलखालगायतका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकको सरूवा गरेको हो।
बबरमहल कोलेनिकाको प्रमुख कोष नियन्त्रकमा ओम रिजाल गएका छन्। त्यस्तै भक्तपुर कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रमुख भएर विष्णुहरि रेग्मी गएका हुन्। महालेखा नियन्त्रक कार्यालयको कर्मचारी प्रशासन शाखा प्रमुख (सरूवा) गर्ने ठाउँमा बसेर ‘आफ्नो हात जगन्नाथ’ गर्दै रेग्मी भक्तपुरको प्रमुख कोष नियन्त्रकमा सरूवा भएका छन्। मानबहादुर मगर ललितपुरको प्रमुख कोष नियन्त्रकमा सरूवा भएका हुन्। बबरमहल, भक्तपुर र ललितपुरमा महालेखा नियन्त्रक कार्यालयमा कार्यरत लेखा उपसचिवको सरूवा भएको हो। सुन्धारा कोलेनिकामा जग्यप्रसाद रेग्मी, लैनचौरमा दिपक अधिकारी र सिंहदरबारमा सिक्वेन्स मिलाएर संसद् सचिवालयका भोजराज पौडेल सिंहदरबार कोलेनिका पुगेका छन्। सिंहदरबारका रोमाकान्त काफ्ले सबैभन्दा बढी ‘डिमाण्ड’ भएको निर्वाचन आयोग सरूवा भएका हुन्।
कोलेनिका मोरङमा लावण्यराज दाहाल र पर्सामा प्रेमचन्द्र भुसाल सरुवा भएका छन्। दुबै आकर्षक कोलेनिका हुन्। त्यस्तै कोलेनिका काभ्रेपलाञ्चोकमा ध्रुव कार्की सरूवा भएका छन्।
स्वास्थ्य सेवा विभागमा जागुराम चौधरी र वीर अस्पतालमा भूपेन्द्रबहादुर मल्ल सरुवा भएका छन्। सिंचाइ विभागमा सुनिता सुवेदी, अर्थ मन्त्रालयमा अनिल श्रेष्ठ, शिक्षा विभागमा योगेश पराजुली, बबइमा मदन मंग्राती, केयूकेएलमा लक्ष्मीप्रसाद जोशी र एडिबीमा काशीनाथ भट्टराई सरुवा भएका हुन्।
लैनचौरका प्रमुख कोष नियन्त्रक मुनकुमार केसीलाई मकवानपुर पठाइएको छ। ६० साले लेखा अधिकृतमा आकर्षक कार्यालय पाउनेमा केसी देखिएका हुन्। उनका ‘ब्याची’ गायत्रीरमण खनाल, प्रकाश पुडासैनी उपत्यका बाहिर सरूवा भएका छन्। दिनेश रेग्मी बारा कोलेनिका सरूवा भएका हुन्। शिवराम भट्टराई, डिलाराम गिरी, दिपक मर्हजन र महेशकुमार दाहाल महालेखा नियन्त्रक कार्यालय ल्याइएका छन्।






तपाईको प्रतिक्रिया दिनुहोस