सहसचिवको दरबन्दी भएका तीन जिल्ला निमित्त सिडिओको भरमा


काठमाडौं। सहसचिवको दरबन्दी भएका तीन जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारी (सिडिओ)को भरमा चलिरहेको छ। रामेछाप, दैलेख र प्युठान निमित्त सिडिओले चलाइरहेका छन्। रामेछापमा रामबहादुर केसी, दैलेखमा महेन्द्रजङ्ग शाही र प्युठानमा दशरथ राईले निमित्त सिडिओ भएर चलाइरहेका हुन्।

दसैँ अगाडिदेखि नै तीन जिल्ला निमित्त सिडिओको भरमा चलिरहेको देखिन्छ। रामेछापको प्रमुख जिल्ला अधिकारी बिनु बज्रचार्य कुँवरलाई गृह मन्त्रालय तानिएको छ। कमजोर ‘परफर्मेन्स’का कारण उनलाई सिडिओबाट तानिएकाले गृहबाटै आउट हुने सम्भावना छ। बिनु गृहमा आएपछि रामेछाप निमित्त सडिओ भएर केसीले चलाइरहेका छन्। दैलेखका सिडिओ आनन्द सारू अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा भएर गएपछि शाहीले निमित्त सिडिओ भएर चलाइरहेका हुन्। प्युठानका सिडिओ शान्तीराज प्रसाईं सिराहाको सिडिओ भएर गएपछि प्युठान जिल्ला राइले धानिरहेका छन्।

रामेछाप, दैलेख र प्युठानमा उपसचिवको दरबन्दीबाट सहसचिव बनाइएको हो। सहसचिवहरू उक्त जिल्लामा सिडिओ भएर जान खासै रूची राख्दैनन्। गृह मन्त्रालयमा पनि ति जिल्लामा सिडिओ बनाएर पठाउने सहसचिव अहिले उपलब्ध देखिँदैनन्। उपसचिवबाटै काम चल्ने भएकाले गृहले तत्कालका लागि त्यहीँ रणनीति अख्तियार गरेको देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ