नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाकार रायामाझी जेलमुक्त


काठमाडौं। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाकार टोपबहादुर रायामाझी जेलमुक्त भएका छन्। ठगी, संगठित अपराध र राज्यविरुद्धको कसूरमा दोषी ठहर भएका रायामाझी कैद भुक्तान गरी थुनामुक्त भएका हुन्।

चार वर्ष कैद भुक्तान गर्नुपर्नेमा रायमाझीले जेष्ठ नागरिकको सुविधा प्राप्त गरी छिट्टै जेलमुक्त भएका छन्। माओवादी हुँदै एमाले प्रवेश गरेका रायमाझी उपप्रधानमन्त्री समेत भएका थिए।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाकार रहेका रायामाझी राज्यविरुद्ध कसूर जस्तो गम्भीर अपराधमा दोषी ठहर भएका हुन्।

६५ वर्ष पूरा भएका राज्यविरुद्धको कसूरमा अपराधी ठहर भएका रायामाझी २५ प्रतिशत कैद छुट पाएर थुनामुक्त भएका छन्। गम्भीर अपराधमा दोषी ठहर भएका रायामाझी भाईटीकाको भोलिपल्ट जेलबाट घर गएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ