भवनतिरका सात इन्जिनियर सेवाबाट हटाइए
काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले भवनतिरका सात जना इन्जिनियरलाई सेवाबाट हटाएको छ। मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरहरूलाई मन्त्रालयले सेवाबाट हटाएको हो। उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको छ।
यसरी हटाइएका बिल्डिङ एन्ड आर्किटेक्ट (भवनतिर)का सात इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ छन्।
श्रेष्ठ बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। ६ जना इन्जिनियरलाई कार्यालयमा हाजिर नभएका कारण र बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कारण सेवाबाट हटाइएको हो। पदमेन्द्र प्रसाद श्रेष्ठ स्वीकृत नगराई कार्यालयमा अनुपस्थित कारण सेवाबाट हटाएका छन्। बाँकी ६ जना इन्जिनियर कार्यालयमा हाजिर नभएका कारण सेवाबाट हटाइएका हुन्।


तपाईको प्रतिक्रिया दिनुहोस