गृहमा सिडिओ हुन ५ सहसचिव भित्रिए, सिडिओसहित ५ सहसचिव भए आउट 


काठमाडौं। गृह मन्त्रालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन ६ सहसचिव भित्रिएका छन्। गृहका भित्रिने सहसचिवमा दिपक लामिछाने, वीरेन्द्र कुमार मिश्र, गिताकुमारी होमेगाई, विमलप्रसाद बराल र शिवप्रसाद रेग्मी रहेका छन्। लामिछाने अर्थ, मिश्र मधेश प्रदेश, होमेगाई बागमती प्रदेश, बराल सुदूरपश्चिम प्रदेश र रेग्मी कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट गृहमा भित्रिएका हुन्।

गृहबाट महोत्तरीको सिडिओ इन्द्रदेव यादव, सिन्धुलीको सिडिओ स्किम श्रेष्ठ, कञ्चनपुरको सिडिओ मदन कोइराला, गृहको अतिरिक्तमा रहेका सहसचिवद्वय प्रदिपकुमार कोइराला र बिनु बज्राचार्य कुँवर रहेका छन्। यादव अर्थ मन्त्रालय, स्किम अख्तियार दुरूपयोग अनुसन्धान आयोग, मदन कोइराला राष्ट्रपति कार्यालय सरूवा भएका हुन्।

त्यस्तै प्रदिपकुमार कोइराला भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र बिनु सूचना तथा सञ्चार मन्त्रालय सरूवा भएका छन्। प्रदिपको जागिर दुई महिना मात्र बाँकी रहेकाले उनलाई सामान्यको अतिरिक्तमा पठाइएको हो।

गृहमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, रामेछाप, सिन्धुली, महोत्तरी, दैलेख र प्युठान जिल्लामा सिडिओ खाली हुन पुगेको छ। गृहमा तत्कालका लागि ६ सहसचिव आवश्यक पर्नेमा ५ सहसचिव मात्र पठाइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ