३०-५५ लागू भए तत्काल सचिव बन्ने प्राविधिक सहसचिव अधिकारीले दिए राजीनामा


काठमाडौं। ३०-५५ लागू भए तत्काल सचिव बन्ने सूचीमा रहेका प्राविधिक सहसचिव ई. भीमार्जुन अधिकारीले राजीनामा दिएका छन्। अझै ८ वर्ष जाग गिर रहेका र ३०-५५ लागू भए तत्काल सचिव बन्ने प्राविधिक सहसचिव अधिकारीले राजीनामा दिएका हुन्।

पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सहसचिव अधिकारी पुरै कार्यकाल सचिव चलाउने सूचीमा थिए। ३०-५५ लागू भए तत्काल उनी इन्जिसचिव क्लष्टरबाट सचिव बन्ने सूचीमा थिए। उस्तै परे पूर्वाधार विकास मन्त्रालयको सचिव बन्ने हैसियतमा रहेका अधिकारीले अचानक राजीनामा दिएका हुन्।

३०-५५ लागू भए प्राविधिक सचिव बन्नेमा गणेशप्रसाद भट्ट, अधिकारी, रमाकान्त दुवाडी अग्रपङ्तीमा रहेका थिए। सचिवका प्रतिस्पर्धी अधिकारीले सहसचिवबाटै सरकारी सेवामा बिट मारेका छन्। उनीले राजीनामा दिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

यसअघि प्राविधिक सहसचिव प्रभातकुमार झाले १५ वर्ष जागिर बाँकी छदै पेन्सन पकाएर राजीनामा दिएर हिँडेका थिए। उक्त सूचीमा अधिकारी पनि थपिएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ