न्यायाधीशसहित सरकारी सेवाबाट अवकाश भएपछि २ वर्षसम्म कानुन व्यवसायमा आउन नपाउने
काठमाडौं। न्यायाधीशसहित सरकारी सेवाबाट अवकाश भएपछि २ वर्षसम्म कानुन व्यवसायमा आउन नपाउने भएका छन्। नेपाल कानुन व्यवसायी परिषद्ले अवकाशप्राप्त राष्ट्र सेवकको हकमा कानुन व्यवसायमा आउ २ वर्षको विश्राम अवधि (कुलिङ अफ पिरिपड) लागू गरेको हो। परिषद्ले स्वास्थ्य द्वन्द्वको कारण देखाउँदै ‘कुलिङ अफ पिरिपड’ लागू गर्ने निर्णय गरेको छ। सेवानिवृत्त त्यस्ता व्यक्तिले दुई वर्षपछि मात्र कानुन व्यवसायीको प्रमाणपत्र अद्यावधिक गर्न निवेदन दिन पाउने परिषद्ले जनाएको हो।
परिषद्ले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको सेवामा स्थायी नियुक्ति पाइ कार्यरत रहेका निजामती कर्मचारीहरू, न्यायाधीश वा न्याय सम्पादन कार्यमा संलग्न रहेका व्यक्तिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनामा कार्यरत रहेका व्यक्तिहरू, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षकहरू लगायत अन्य कर्मचारीहरू सेवा निवृत्त हुनेबित्तिकै परिषद्मा प्रमाणपत्र अद्यावधिक गरी कानुन व्यवसायमा आउदा स्वार्थको द्वन्द्व भइ निष्पक्षतामा समेत प्रश्न उठिरहेको सन्दर्भमा नेपाल कानुन व्यवसायी परिषद्को मिति २०८३ मंसिर १ गतेको बैठकले उल्लिखित व्यक्तिहरूले कानुन व्यवसायीको प्रमाणपत्र लिएको रहेछ भने सेवा अवधि समाप्त भएको २ वर्षपछि मात्र अद्यावधिकको लागि निवेदन दिन पाउने गरी विश्राम अवधि (कुलिङ अफ पिरियड) कायम गरी निर्णय भएको र उक्त निर्णय बमोजिम सम्बन्धित नियमावलीमा (आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ नियम १३) संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’,
अब सेवानिवृत्त भएपछि दुई वर्षपछि मात्र कानुन व्यवसायमा आउने गरी परिषद्ले कुलिङ ‘अफ पिरियड’ लागू गरेको हो।

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस