हुलास फिनसर्भको सीईओमा समीर ठाकुर 


काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।नेपालको हायर पर्चेज वित्तीय बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै विभिन्न उत्पादन तथा सेवामा वित्तीय सुविधा विस्तार गरिरहेको समयमा कम्पनीले ठाकुरलाई सीईओ नियुक्त गरेको हो।

हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त हायर पर्चेज वित्तीय संस्था हो। कम्पनीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनका साथै ल्यापटप, मोबाइल फोनलगायत उपभोक्ता विद्युतीय उपकरण खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ। उपभोक्ता वित्तीय सेवाको बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको कम्पनीले नवीन वित्तीय समाधान तथा रणनीतिक साझेदारीमार्फत ग्राहकलाई सहज र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ