सामान्यको जगेडामा रहेका सहसचिव ढकाल अवकाश, कोइराला अवकाशको पर्खाइमा


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका सहसचिव सुशील ढकाल अनिवार्य अवकाशमा गएका छन्। उनी ५८ वर्ष पूरा भएर शुक्रबारबाट अनिवार्य अवकाशमा गएका हुन्।

ढकाल सहकारी विभागको रजिष्ट्रार हुँदा स्वास्थ्यमा समस्या देखिएपछि सामान्यको अतिरिक्तमा सरूवा भएका थिए। ३/४ महिना सामान्यको जगेडामा बसेर उनी अवकाशमा गएका हुन्।  सामान्यको जगेडामा रहेका अर्का सहसचिव गोविन्दप्रसाद अधिकारीले पनि राजीनामा दिइसकेका छन्।

अब सामान्यको जगेडामा गृहबाट आएका सहसचिव प्रदीपकुमार कोइराला मात्र बाँकी छन्। गृहको जगेडाबाट भर्खरै सामान्यको जगेडामा सरूवा गरिएका सहसचिव कोइरालाको २ महिना पनि जागिर बाँकी छैन। उनी ५८ वर्ष पूरा भएर माघको पहिलो साता अनिवार्य अवकाशमा जाँदैछन्। जगेडामा सहसचिव ढकालले साथ छाडेपछि सहसचिव कोइराला एक्लै भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ