अध्यागमन विभागका महानिर्देशक फेरिए, शशीधर घिमिरे नयाँ महानिर्देशक
काठमाडौं। गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक फेरेको छ। गृहले शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाएको हो। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरूवा गरेर घिमिरेलाई विभागको महानिर्देशक बनाएको हो।
घिमिरे कारागार विभागबाट सरूवा भएर गत जेष्ठ ११ गते सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा हाजिर भएका थिए। ठ्याकै ६ महिना पूरा भएपछि उनी सिन्धुपाल्चोकबाट अध्यागमन विभागको महानिर्देशक भएर आएका हुन्।
जेनजी आन्दोलन अघि गृह मन्त्रालयबाट अध्यागमन विभागको महानिर्देशक बनेका रामचन्द्र तिवारीले १६ महिनामा विभाग छाडेका छन्। २०८२ साउन ११ गते अध्यागमन विभागका महानिर्देशकमा हाजिर भएका तिवारीको २०८३ मंसिर ११ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरूवा भएको हो। बलराम निरौला भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि उक्त ठाउँमा तिवारी गएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस