प्राविधिक सहसचिवमा बढुवाका लागि ३ उपसचिव सिफारिस


काठमाडौं। प्राविधिक सहसचिवमा बढुवाका लागि ३ उपसचिवको नाम सिफारिस भएको छ। इन्जिनियरिङ सेवामा सहसचिव बढुवाका लागि आबिद हुसेन मिया ठकुराई, रामानन्द प्रसाद चौधरी र निराजन सापकोटा सिफारिस भएका हुन्।

हुसेन नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूहको सहसचिव, चौधरी माइनिङ इन्जिनियरिङ समूह र सापकोटा मेटिरियोलोजी समूहमा सहसचिव बढुवाका लागि सिफारिस भएका छन्। उनीहरू जेष्ठता र कार्यसम्पादक मूल्यांकनद्वारा बढुवाका लागि सिफारिस भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ