‘कालो ढुसी’को औषधि ल्याउन नदिन चलखेल
	
                                            
काठमाडौं । नेपालको एक सप्लार्यस कम्पनी प्राइमलाइफ इन्टरनेशनलले नागरिकको ज्यानमाथी गंभिर खेलवाड गर्दा ‘कालो ढुसी’ का लागि प्रयोग हुने औषधि खरिद प्रक्रिया रोकिएको छ । कोरोना संक्रमण पछि देखिने अति दुर्लभ र घातक मानिने ‘कालो ढुसी’ को औषधि खरिद रोक्न निर्यातमा प्रतिबन्ध लगाएको देशबाट ल्याउने भन्दै प्राइमलाइफ इन्टरनेशनलले सबै भन्दा सस्तोमा टेन्डर हालेपछि समस्या आएको हो ।
भारतले ‘कालो ढुसी’ (म्यूकोरर्माइकोसिस) औषधि निर्यातमा रोक लगाएको छ । रोक लगाएको देशबाट औषधि ल्याउन सम्भव छैन । सम्भव नै नभएको देशबाट औषधि ल्याउछु भनेर सस्तोमा टेन्डर हाल्नु भनेको अरुलाई रोक्नु र नेपाली नागरिकलाई ‘कालो ढुसी’को औषधि प्रयोग गर्न नदिनु हो, अधिकारीहरुले भनेका छन् ।
स्वास्थ्य सेवा विभागले एम्पोटेरिसिन–बी खरीद गरी ल्याउनका लागि टेण्डर आव्हान गरेको ६ साता पुग्दा समेत डेन्डर रद्ध नहुनुले अर्को आशंका उब्जाएको छ । कतै स्वास्थ्य सेवा विभागका कर्मचारीको सेटिङ्मा होल्ड गरिएको त हैन? भन्ने प्रश्न उब्जिएको छ ।
मन्त्रालयका एक अधिकारीले भने, भारतले निर्यात गरेको अवस्थामा कुनै पनि सप्लायर्सले त्यहाबाट औषधि ल्याउछु भनेर टेन्डरमा भाग लिन्छ भने त्यसलाई सुचिबाट हटाउने अधिकार सम्बन्धीत महाशाखासँग हुन्छ । तर, भारतले निर्यातमा रोक लगाउँदा लगाउँदै कुनै कम्पनीले भाग लिदा नहटाउनु र टेन्डर रद्ध समेत नगर्नुले स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह र स्वास्थ्य सचिव लक्ष्मण अर्यालको कार्यशैली शंकास्पद देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीका अनुसार हाल सम्म २१ जना भन्दा बढी ‘कालो ढुसी’का बिरामी फेला परेका छन् । एक जनाको मृत्यु भएको खबर आएको छ । उनिहरुका लागि आवश्यक पर्ने औषधि नेपालमा छैन । नागरिक बचाउँन ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ खरीद गर्न खोजेपनि एजेन्टले अवरोध गरेको छ ।
प्राइमलाइफ इन्टरनेशनलले भारतबाट १० हजार डोज औषधि ११ करोडमा ल्याउने भन्दै टेन्डर हालेको थियो । तर, बंगलादेशबाट सोही मात्रामा आयान हेल्थ केयरले २२ करोड रुपैयाँमा ल्याउने भन्दै टेण्डरमा भाग लिएका थिए । तर, नियम अनुसार भारतले प्रतिवन्ध लगाएकाले प्राइमलाइफ इन्टरनेशनल सट लिष्टबाटै हट्नु पर्ने थियो । स्वास्थ्य सेवा विभागले उसलाई अझै सम्म रोकेर राखेको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा भिमसिह तिंकरीका अनुसार उक्त टेन्डर रद्ध हुने छ । टेन्डर हाल्नेको मुल्य दोब्बर बढी छ । कानुनी रुपमा कसैगरी सहमती गर्न सकिदैन । उनले खरिद जस्तो विषयका जोखिम नमोल्ने बताए ।
‘प्राइमलाइफ इन्टरनेशनलले सस्तोमा हालेपनि उसले त्याउने भारतबाट हो निर्देशक तिंकरीले भने, ‘भारतले विगत केही महिना देखि ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ निर्यातमा रोक लगाएको छ ।’ यस्तो अवस्थामा दोब्बर बढी मुल्य भएको आयान हेल्थ केयरलाई दिन सकिदैन उनले भने ।
विभागका अनुसार ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ नहुदा ठुलो समस्या आएको छ । यस्तो विषयमा कुनै पनि कम्पनीले हेलचेक्राइ गर्न नहुने अधिकारीहरुको भनाईछ ।
प्राइमलाइफ इन्टरनेशनलका अध्यक्ष मकुन्दराज भण्डारी टेन्डरमा भाग लिनु आफ्नो अधिकारको कुरा भएको बताउँछन् । ‘भारतले दिन्छ दिदैन त्यसको कुनै अर्थ छैन तर, ग्लोबल टेन्डरमा मैले पनि भाग लिनु मेरो अधिकारको कुरा हो ।’ भण्डारीले भने भारतले प्रतिबन्ध लगाए पनि मैले टेन्डर हालेको हुँ तर, मलाई दिनु पर्छ भन्ने छैन । भण्डारीले यसो भनेपनि खरिद नियम अनुसार उनको सस्तो भएकाले अरुलाई दिन मिल्दैन । औषधि नल्याए पनि नियम अनुसार उनले मात्रै पाउने हो ।
शिक्षण अस्पतालको कोभिड चिकित्सक डा. शान्तकुमार दासका अनुसार अस्पतालमा ४ जना बिरामी उपचारत छन् । उनिहरुका लागि चाहिने औषधिको अभाव छ । १८ जना बिरामीले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औषधि लगिरहेका छन् ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
				
				
				
				
				
				
				
				
            
            
            
            
            
            
तपाईको प्रतिक्रिया दिनुहोस